किन मन्त्री बनेनन् जनार्दन ? यस्तो छ कारण

काठमाण्डौ ३ चैत्र । माओवादी केन्द्रका नेता जनार्दन शर्मा  केपी ओली नेतृत्वको सरकारबाट बाहिर परेका छन् |  रामबहादुर थापाले गृह पाउनु अघिनै   यस मन्त्रालयमा इच्छा देखाएका उनले त्यो नपाउने भएपछि   ऊर्जाका लागि लबिङमा थिए ।

पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे । उनले प्रचण्डलाई पनि शर्मालाई समेट्न भनेका थिए ।

मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो । तर, वर्षमान पुन ऊर्जाबाट अर्को मन्त्रालयमा जान नमानेपछि शर्मा सरकारमै नजाने निर्णयमा पुगेको माओवादी स्रोतले जनायो ।

शर्मा मन्त्रीको लाइनबाट बाहिरिएपछि चक्रपाणि खनाल अटाएका हुन् । यो खबर नयाँ पत्रिकामा  छ ।