काेलुम्बियामा महिला कामदारले हाई हिल्स लगाउन नपर्ने

काठमाण्डौ, २७ चैत्र । क्यानडामा रहेको ब्रिटिस कोलुम्बियाको प्रान्तीय सरकारले महिला कामदारले लगाउने पोशाकको बारेमा आफ्नो निर्णय सच्चाएको छ ।

यसअघि महिला कामदारले अनिवार्य रुपमा हाई हिल्स लगाउनुपर्ने नियममा हेरफेर गरिएको हो । अबदेखि महिला कामदारले हाई हिल्स लगाउनुपर्ने छैन । हाई हिल्स लगाउनुपर्ने वाध्यताले विभेद सिर्जित भएको र स्वास्थ्य र सुरक्षामा पनि प्रश्न चिन्ह उठेको बताइएको छ ।

राजनेताहरुले महिला कामदारहरुले हाई हिल्स लगाउनै पर्ने वाध्यताले गर्दा लैङ्गिक विभेद जन्माएको भन्दै विधानसभामा बिल पेश गरेपछि यो निर्णय सच्चिएको हो ।