काष्ठमण्डप कप फुटबल शनिबारदेखि

काठमाण्डौ, १७ चैत्र । काष्ठमण्डप विद्यालयको आयोजनामा प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय फाइभ ए साइड फुटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा एसईई दिएर बसेका ८ छात्र टिमको सहभागिता रहने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

समूह ‘ए’ मा आयोजकसहित तुनग्रााम इन्टरनेसनल एकेडेमी (टीआईए), काठमाडौं जेभियर र द एक्सेल्सियर स्कुल तथा समूह ‘बी’ मा साइपाल, रिलायन्स रेसिडेन्सियल, रोज वर्ड र बाबा बोर्डिङ हाइ स्कुल रहेका छन् ।

प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै मैदानमा हुनेछ । फाइनल खेल भने सोमबार हुनेछ ।