October 22, 2017

कालिकोटमा रैथाने बाली संरक्षणका लागि अभियान

कालीवहादुर मल्ल
कालिकोट, १४ फाल्गुन । कालिकोटमा रैथाने बाली संरक्षणका लागि संगठित अभियान थालिएको छ ।
कर्णाली कृषि तथा खाद्य सरोकार समुह कालिकोटले जिल्लामा परम्परागत कर्णालीको रैथाने बाली संरक्षण अभियान थालेकोे हो ।
बर्षेनी खडेरीको मार खेपी रहेको कालिकोट जिल्लामा पुख्र्यौली बालीहरु लोभ हुन थालेपछि कालिकोटका कृषक तथा कृषि सरोकारवालाहरु संगठित भएर रैथाने बाली संरक्षण अभियान थालिएको कर्णाली कृषि तथा खाद्य सरोकार समुहका क्षेत्रीय संयोजक मायालाल महत्तराले बताए ।
स्थानिय कृषक, जिल्ला कृषि विकास कार्यालय, पत्रकार, नागरिक समाजको सहभागीतामा कर्णाली कृषि तथा खाद्य सरोकार समुुह लगायतको पहलमा कालिकोटमा परम्परागत बाली फापर, चिनो कागुनो, सिमी, कोदो, उवा, मार्से लगायतका बालीहरुको संरक्षणका लागि अभियान थालिएको हो ।