October 22, 2017

 कारकाे ठक्करबाट  युवकको मृत्यु

दिनेश शर्मा/ राजविराज, ११ वैशाख । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिकामा स्कारपियोले साईकललाई ठक्कर दिदा एक युवकको मृत्यु भएको छ ।

रुपनी गाउँपालिका, १ का २४ बर्षिय सुबान मियाको मृत्यु भएको हो । भने अर्का एक युवकको अवस्था चिन्ताजनक छ ।
पूवर्तर्फ जाँदै गरेको बा ७ च ९६४२ नम्बरको स्कारपियोले सोहि नगरपालिकाको वडा नं ३ मा साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट साईकलमा सवार रुपनी गाउँपालिका,१ बस्ने २३ बर्षिय मुकेश कुमार यादव र पछाडी सवार २४ बर्षिय सुबान मिया घाईते भएका थिए ।

घाइते दुवैलाई उपचारकोलागी विराटनगर लैजाने क्रममा सुबानको बाटोमै मृत्यु भएको र मुकेशको न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कर्यालय रुपनीले जानकारी दिएको छ ।