June 26, 2017

काभ्रेको पाँचखालमा ‘बहुराष्ट्रिय शान्ति प्रयास प्रशिक्षण’ सुरु हुदै, बिभिन्न २८ देशका सैनिक प्रशिक्षणमा सहभागी 

 काठमाण्डौ ७ चैत्र । काभ्रेको पाँचखालमा आजबाट बहुराष्ट्रिय शान्ति प्रयास प्रशिक्षण सुरु हुदैछ । राष्ट्रसंघको शान्ति मिसनमा काम गर्दा सहज होस् भन्ने हेतुले संयुक्त प्रशिक्षण सुरु गर्न लागिएको हो ।

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा हुने प्रशिक्षणकाे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै हुनुहुन्छ ।

नेपाली सेनाले तेस्रो पटक आयोजना गरेको प्रशिक्षण चैत ७ देखि २१ सम्म संचालन हुनेछ । प्रशिक्षणमा २८ मुलुकका १ हजार २४ सैनिक सहभागी हुदैछन् । छिमेकी भारत र चीन भने यसमा सहभागी छैनन् ।  नेपालले यसअघि सन् २००० र २०१३ मा यस्तो प्रशिक्षण गरेको थियो । बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड, मंगोलिया, श्रीलंकालगायत मुलुकले हरेक वर्ष विभिन्न नाममा शान्ति मिसनमा मिलेर काम गर्न सहज होस् भनेर उक्त प्रशिक्षण गर्दै आएका छन्