September 25, 2017

कानुन व्यवासायीहरुले दिए नेपाल बार एशोसिएशनमा धर्ना

२७ माघ, काठमाण्डौ । उच्च अदालतको न्यायाधीश नियुक्तिको बिरोध गर्दै एक सातासम्म प्रदेश नम्बर दुई का अदालतमा इजलास बहिस्कार गरेका कानुन व्यवासायीहरुले नेपाल बार एशोसिएशनमा धर्ना दिएका छन् ।

प्रदेश नम्बर दुईमा रहेका बारका करिब ८ सय सदस्यमध्ये तीन सय कानुन व्यवसायीले बार प्राङ्गणमा धर्ना दिएका छन् । न्यायाधीश नियुक्ति असंवैधानिक भएको भन्दै उनीहरले बिरोध गर्दै आएका छन् । निर्णय प्रक्रिया सच्याउन आन्दोलनमा उत्रिएको नेपाल बार र सर्वोच्च प्रतिनिधिबीच माघ १८ गते सातबुँदे सहमति भएको थियो ।

बार र अदालतको सहमतिमा असन्तुष्टि जनाउँदै प्रदेश नम्बर दुईका कानुन व्यवासायीले छुट्टै आन्दोलन सुरु गरेका हुन् । कानुन व्यवसायीहरुले उच्च अदालतको नियुक्ति समावेशी नभएको भन्दै खारेजको माग गरेका छन् । पाँच बुँदे मागअनुसार हाल बिचाराधीन रहेको संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने माग पत्र उनीहरुले बार अध्यक्षलाई बुझाएका छन् ।

माग पत्र बुझ्दै बार अध्यक्ष शेर वहादुर केसीले माग पत्रका बिषयमा छलफल गदैं उचित निकास दिने बताएका छन् ।

नेपाल बार एशोसिएशनले असन्तुष्ट कानुन व्यवसायीसँग बार्ताका लागि ११ सदस्यीय बार्ता टोली गठन गरेको छ ।