August 17, 2017

काठमाण्डौले मधेसको संवेदनशीलता बुझ्न सकेन–डा. कोइराला

वीरगञ्ज, २४ चैत्र । नेपाली काग्रेसका नेता डाक्टर शेखर कोइरालाले काठमाण्डौले मधेसको संवेदनशीलतालाई बुझ्न नसकेको बताएका छन् ।

बिहीबार प्रेस युनियनले वीरगञ्जमा गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले नेपाली कांग्रेस मधेसको मुद्दामा गम्भीर भए पनि काठमाण्डौले मधेसको संवेदनशीलता बुझ्न नसकेको बताए ।

संविधान संसोधन नभई मधेसमा कुनै पनि राजनीतिक गतिविधि अघि बढाउने पक्षमा आफु नरहेको उनले बताए ।