August 17, 2017

काठमाण्डौमा साताव्यापी ‘‘म्यानेजमेन्ट ब्रेक २०१७’’ हुने

काठमाण्डौ, ६ वैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टको मास्टर्स इन बिजनेस एड्मिनिस्ट्रेसन नवौं ब्याचको आयोजनामा यही जेठ ३ गतेदेखि काठमाण्डौमा साताव्यापी ‘‘म्यानेजमेन्ट ब्रेक २०१७’’ नामक कार्यक्रम हुने भएको छ ।

बुधबार आयोजकले पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमको बारेमा जानकारी दिएको हो । आयोजकका अनुसार उक्त कार्यक्रम कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र हुनेछ ।

कार्यक्रम जेठ ३ गतेदेखि १३ गतेसम्म चल्नेछ । कार्यक्रमको मुख्य उद्देश्य व्यवसाय र व्यवस्थापन क्षेत्रका विद्यार्थीहरुको चेतना अभिवृद्धि, आपसी सहकार्य र व्यवहारिक समस्या समाधानको क्षमता विकास गर्ने रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका संयोजक राजन गुप्ताले विश्वविद्यालयको अध्ययन सकिने बित्तिकै विद्यार्थीले बिना कुनै समस्या आफूले रोजेको रोजगारी पाउन् भन्ने हेतुले उक्त कार्यक्रममा रोजगारदाताहरुको भेला र प्रर्दशनी जब फेयर पनि हुने बताए ।

आयोजकका अनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले रक्तदान, पुस्तक सहयोग र प्रभातफेरि कार्यक्रम समेत राखिएको छ ।