June 27, 2017

काठमाण्डौमा संघीय गठबन्धनको प्रदर्शन

काठमाण्डौ, २६ फाल्गुन । राजविराज घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले बिहीबार काठमाण्डौमा प्रदर्शन गरेको छ ।

काठमाण्डौको भृकुटीमण्डपबाट सुरु भई माईतिघर पुगेर समापन भएको प्रदर्शनमा गठबन्धनका शिर्ष नेताहरु पनि सहभागी भएका थिए ।

प्रदर्शनकारीहरुले संविधान संशोधन प्रस्ताव परिर्माजन सहित पारित गर्न र स्थानीय चुनावको घोषणा फिर्ता लिन माग गरेका छन् ।

मेची–महाकाली अभियान अन्तर्गत एमालेले गत सोमबार सप्तरीको राजविराजमा आयोजना गरेको सभा बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ताहरुमाथि प्रहरीले गोली चलाउदा चार जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा मोर्चाले आन्दोलनका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।