October 19, 2017

काठमाण्डौमा पहिलो पटक गोरु जुझ्ने

काठमाण्डौ, २५ चैत्र । काठमाण्डौमा पहिलो पटक औपचारिक रुपमा गोरु जुधाई प्रतियोगीता हुने भएको छ ।

आगामी चैत्र २९ गतेदेखी गुर्जुधारा चोकमा रहेको बलम्बु चौरमा गोरु जुधाई प्रतियोगीता हुने भएको हो । बलामी फिल्म ईन्टरटेन्मेन्ट र चन्द्रागिरि नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रथम चन्द्रागिरि महोत्सवको अवसरमा गोरु जुधाउन लागेको आयोजक समितिका संयोजक समीर बलामीले बताए ।

चैत्र २९ गतेबाट बैशाख ६ गते सम्म हुन लागेको महोत्सवमा चार दिन सम्म गोरु जुधाई प्रतियोगीता हुने भएको छ । गोरु जुधाई प्रतियोगीताको लागि नुवाकोटको तारुका र धादिङको धुँवाकोटबाट गोरु ल्याईने तयारी भईरहेको आयोजकले बताईएको छ । गोरु जुधाई प्रतियोगीताबाट विजेता हुने गोरुलाई सम्मान र पुरस्कार राशि प्रदान गरिने आयोजकले बताईएको छ ।

गोरु जुधाई कार्यक्रम सँगै सोही ठाउँमा हिमालयन टाईगर समुहको रेस्लिङ पनि हुने भएको छ । नौ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न साहसिक खेलहरु पनि प्रस्तुत हुने आयोजक समितिले बताएको छ ।