November 18, 2017

काठमाण्डाैकाे नयाँबजारमा गाेली हानाहान, प्रहरी कारवाहीमा तीन अपहरणकारी पक्राउ

काठमाण्डाै २१ फाल्गुन ।  काठमाडौंको नयाँ बजार खुसीँबु टाउन प्लानिङमा प्रहरी कारवाहीमा तीन जना  अपहरणकारी प्रक्राउ परेका छन । अपहरणकारी र प्रहरीबीच केहीबेर दाेहाेराे गाेली हानाहान भएकाे  थियाे ।

अपहरणकारीहरु दुर्गा बहादुर तामाङ, सचिन खवास र वीर बहादुर तामाङ लाई  प्रहरीले पक्राउ गरेको छ। तामाङसँग बन्दुक भएको उनले गोलि चलाएपछि र उनलाई जवाफी फायरिङका क्रममा उनको घुँडामा गोलि लागेको अपराध महाशाखाका एसपी प्रकाश जंग कार्कीले बताएका छन्।

अपहरणकारी तामाङको टोलीले बिहीबार काठमाडौंको बौद्धबाट  नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङलाई अपहरण गरेका थिए।  अपहरणपछि उनीहरुको परिवारसँग साढे ६ लाख रुपैयाँ फिरौती मागिएकाे थियाे ।

आज बिहान परिवारले रकम दिन जाने क्रममा प्रहरी र अपहरणकारीबीच गोलि हानाहान भएको प्रहरीले जनाएकाे छ। गोलि चलेपछि तामाङका अन्य साथी भने भागेका थिए। उनीहरुमध्येका एक सचिन खवास र अर्का वीर बहादुर तामाङ गरी थप दुईलाई पनि अमृत साइन्स क्याम्पस नजिकैबाट प्रहरीले प्रकाउ गरेको हाे।  दुर्गा तामाङबाट एक पेस्तोल र ३ राउन्ड गोली बरामद गरिएको छ। प्रहरीकाे गाेली लागि घाइते भएका अपहरणकारी तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको छ।