August 19, 2017

काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणका लागि थप साढे ३ वर्ष समय माग

काठमाडौं ६ फाल्गुन । काठमाडौं–हेटौंडा सुरुङमार्ग सम्पन्न गर्ने म्याद सकिए पछि निर्माण कम्पनीले सरकारसँग साढे ३ वर्ष समय माग  गरेको छ ।
निर्माणको जिम्मा लिएको नेपाल पूर्वाधार बिकास कम्पनी लिमिटेड (एनपिबिसिएल) ले समय सकिएको दुई महिना पछी समय थप गरीदिन सरकारसंग आग्रह गरेको हो ।
सरकारले म्याद थप्ने वा नथप्ने भन्नेमा आधिकारीक धारणा ल्याएको छैन । सुरुङमार्ग निमार्णका लागि सरकारले दिएको म्याद गत डिसेम्बर १६ मा सकिएको थियो ।