काठकाे मुडा प्रहार गरी श्रीमतिकाे हत्या

झापा १९ चैत्र  । झापाको गौरीगंजमा एक व्यक्तिले आइतवार राती काठको मुडाले प्रहार गरीे आफ्नै श्रीमतीको हत्या गरेकाे छ।

गौरीगन्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षिय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

आइतबार बेलुका सात बजेतिर घरायसी विवाद बढेपछि पासाङले श्रीमतीलाई कुटपिट गर्दै काठको मुडाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते निमथोकीको उपचारको क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा राति मृत्यु भएको हो। पासाङलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।