कांग्रेस र  मोर्चा बीच छलफल हुदै, समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

काठमाण्डौ,१४ फाल्गुन । नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुबीच आज छलफल हुदैछ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारीमा रहेको मोर्चा र कांग्रेसबीच कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा छलफल हुन लागेको हो ।

सरकारले संविधान संशोधन प्रक्रियामा आलटाल गरी स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै मोर्चाले समर्थन फिर्ताको तयारी गरेको हो । मोर्चाले आजै संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरुसंग पनि छलफलको तयारी गरेको छ ।