कांग्रेस नेता मार्सल जुलुम शाक्यको निधन

काठमाडौं २३ बैशाख । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मार्सलजुलुम शाक्यको ७७ वर्षको उमेरमा निधन भएको छ । राजधानीकाे ग्राण्डी अस्पतालमा उपचारकाक्रममा अाज विहान उनको निधन भएको हो । निमोनियाबाट पीडित  उनी एक हप्ता अघि अस्पताल भर्ना भएका थिए ।

सन् १९४० मा काठमाडौंमा जन्मिएका शाक्य लामो समय प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । नेपाल विद्यार्थी संघको संस्थापक मध्येका एक रहेका शाक्यले प्रजातान्त्रिक अान्दोलनकाक्रममा १६ बर्ष जेल जीवन बिताएका तिए ।