October 22, 2017

कांग्रेस केन्द्रीय समितिको बैठकमा हिन्दू राष्ट्रको प्रस्ताव दर्ता

काठमाण्डौ, १३ चैत्र । आइतबार बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधन गरी नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने प्रस्ताव दर्ता गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले यस्तो प्रस्ताव दर्ता गरेका हुन । खड्काको प्रस्तावमा अरु केन्द्रीय सदस्यहरुले पनि मौखिक समर्थन जनाएका छन् ।

खड्काले पार्टी भित्र र बाहिर नेपाललाई हिन्दुराष्ट्र कायम गराउँनु पर्ने माग निरन्तर उठाउँदै आएका छन । उनको यो अभियानलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले साथ दिदैं आएका छन् ।