कांग्रेस, एमाले र माओवादीले देश बर्वाद पारे :पौडेल

२७ माघ, काठमाण्डौ । पुनरुत्थान पार्टी नेपालले प्रमुख दलहरुका कारण मुलुक बर्वाद भैरहेको आरोप लगाएका छ ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टीले यस्तो आरोप लगाएको हो ।

पार्टी अध्यक्ष गोबिन्द बहादुर पौडेलले प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै देश बर्बाद पारेको आरोप लगाए ।

अध्यक्ष पौडेलले भने, ‘वर्तमान स्थितिका जनता र देशका मालिक हौँ भन्ने राजनीतिक दलले देशलाई निकास दिने, जनताको भलाई र अन्यायमा परेकालाई न्यायको सास फेर्नको लागि कुनै प्रयास नगरीकन केवल सक्ता र भत्ताको लागि लड्ने काम गरिरहेका छन् ।’

त्यस्तै पार्टीका कानुनी सल्लाहकार कोषराज काफ्लेले संविधान आएपछि जनताले शान्ति अमनचयन र सुशासनको पक्षमा काम गर्छ भन्ने नेपाली जनताका सपनाले धोका खाएकोमा दुःख प्रकट गरे ।

उनले भने, ‘देश सखाप पार्नेबाहेक अहिले कुनैपनि उपलब्धि भएको छैन्, ठुला पद र प्रशासनिक क्षेत्रमा राजनीतिक भागवण्डा गरेर डुबाएका छन्, अझैपनि माओवादी, कांग्रेस  एमालेको काँधमा यो देश छोड्ने हो भने राज्य सखाप हुन्छ । ’