October 20, 2017

कांग्रेसले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ४२ विभागको टुंगो लगायो

काठमाण्डौ, १३ चैत्र । नेपाली कांग्रेसले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ४२ वटा विभाग टुंगो लगाएको छ ।

लामो समयपछि आजबाट सुरु भएको केन्द्रीय समिति बैठकले सम्पादन समिति र विभागको टुंगो लगाएको हो । बैठकमा सभापति शेरबहादुर देउवाले पेश गरेको कार्य सम्पादन समिति गठन र विभाग गठनको प्रस्ताव बैठकले पारित गरेको हो ।

पार्टी सभापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन हुन्छ । जसमा उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य रहने व्यवस्था छ । साथै संसदीय दलको नेता पनि समितिको सदस्य रहन्छन् ।

नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भए पनि कार्य सम्पादन समिति गठन हुन सकेको थिएन ।

पार्टी सभापति शेरबहादुर देउवा संयोजकत्वको कार्य सम्पादन समितिमा रामचन्द्र पौडेल, शशांक कोइराला, सितादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुनरसिंह केसी छन् ।

यसैगरी बलबहादुर केसी, महेश आचार्य, नरहरी आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, फरमुल्ला मन्सुर र मानबहादुर विक पनि कार्य सम्पादन समितिमा छन् ।