September 21, 2017

कांग्रेसका गाउँपालिका प्रमुखका उम्मेद्वार सहित सयौं कार्यकर्ता फोरम नेपालमा प्रवेश

सुनसरी ३१, जेठ । सुनसरीमा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखका दाबेदार सहित सयाै कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसबाट सुनसरीको गौतमपुर गाउँपालिकाको अध्यक्ष पदका  दाबेदार हेम नारायण मेहता लगायत सयाै कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेकाे उक्त पार्टीले जनाएकाे छ ।  नवप्रवेशी नेता कार्यकर्ताहरुलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सुनसरीले हरिनगरामा अायोजित कार्यक्रममा फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।

कार्यक्रममा  नेपाली कांग्रेसका नेता प्रवीण कुमार गुप्ता, सुनैनादेवी गुप्ता, इनूस अन्सारी, एमालेका चन्दादेवी मण्डल, माओवादी केन्द्रकी राधादेवी दास, राजपा नेताहरु किर्तन ठाकुर र दिलिप गुप्ता फोरम नेपालमा प्रवेश गरेका छन् ।