काँग्रेस र मधेसी दलबीच सरकार निमार्णको तयारी भइरहेको बिजुक्छेंको खुलासा

भक्तपुर, ६ चैत । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेस र मधेसी दलहरु बीच सत्ता समिकरण हुन सक्ने बताएका छन ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले अबको सत्ता समिकरणमा एमाले र एमाओवादी एकातर्फ हुने भन्दै नेपाली काँग्रेस र मधेसी दलहरु बीच सत्ताको समिकरण देखा पर्ने सँभावना बलियो रहेकाे बताए ।

स्थानिय तहको निर्वाचनमा बैदशिक हस्तक्षेप नभए नेपालीको चाहना अनुरुप तोकिएको मितिमा हुने भन्दै उहाँले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भएता पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनु पर्ने र बाँकि रहेको स्थानमा पछि निर्वाचन गर्न सकिने बताए ।

निर्वाचन आयोगले आचारसंहिता जारी गरेता पनि ठूला दलहरुले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा जोड दिए  ।

धार्मिक सद्भाव कायम राख्न राजनीतिबाट धर्मलाई अगल राख्नु पर्ने भन्दै विजुक्छेले राप्रपालाई चुनाव चिन्ह गाई दिन नहुने बताए । निर्वाचन र संविधान संशोधन एकै समयमा हुन नसक्ने भन्दै पहिलो निर्वाचन गरिनु पर्ने र तत्पश्चात संसोधनको बिषयलाई संसद पेश गरि छलफल गरिनु पर्ने भन्दै बिभिन्न दलहरुले संसोधन राखेको उनले बताए  ।

प्रचण्डको चीन भ्रमण काँग्रेस र एमाओवादीको सत्तासाझेदारी सकिँदै गर्दा हुने लागेको र नेपालीले पनि यो भ्रमणमा केही नयाँ आश गरेको बताउँदै विजुक्छेले सत्ता लम्बाउन समेत यो भ्रमणले सहयोग गर्न सक्ने अनुमान गरिएकाे बताए ।