June 26, 2017

काँग्रेसले भन्यो ‘सप्तरी घटनाले संविधान संशोधन र निर्वाचनमा जटिलता पैदा गर्छ’

काठमाण्डौ २३ फाल्गुन । सप्तरी घटनाले संविधान संशोधन र निर्वाचनको प्रकृयामा जटिलता पैदा गरेको नेपाली काँग्रेसले बताएको छ ।

नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवद्वारा जारी विज्ञप्तीमा  संविधान संशोधन र निर्वाचनको प्रकृयामा मुलुक अघि वढी राखेको वर्तमान अवस्थामा सप्तरी घटनाले जटिलता पैदा गरेको उल्लेख छ ।

बिज्ञप्तीमा घटनामा मृत्यु भएकाप्रति श्रदाञ्जली परिवारजनमा समवेदना व्यक्त गर्दै शान्ति र सँयमता अपनाउन मधेसी जनता  र सुरक्षाकर्मीलाई आग्रह गरिएको छ ।

आज सप्तरीको औद्यौगीक क्षेत्रमा एमालेको मेची महाकाली अभियान अन्तर्गत अयोजित आमसभा विथोल्ने कोशिस गर्दा मधेसी मोर्चा र प्रहरीको झडपमा ४ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने तीन दर्जन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका छन ।