October 19, 2017

कसरी लिक भयो आइजी नियुक्ति प्रकरणको डकुमेन्ट ?

काठमाण्डौ,८ वैशाख । प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी गरिएको कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानवीनका लागि प्रहरी प्रधान कार्यालय लाई आदेश दिएको दिएको छ ।

डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षक पदमा आफ्नो दावीका रुपमा प्रस्तुत गरेको गोप्य कार्यसम्पादन मूल्याङकन फारम कसरी उनको हात पर्यो, त्यसको छानबिन गर्न मन्त्रिपरिषदले आदेश दिएको हो ।

‘ति गोप्य र बाहिर ल्याउन नमिल्ने सरकारी कागजात कसरि बाहिर गयो भन्ने बिषयमा छानबिन गर्ने निर्णय भएको विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले बताए । यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।