October 22, 2017

कसरतसँग जोडिएका गलत धारणाहरु–

काठमाण्डौ, २९ चैत्र । आजकल मानिसको जीवनचर्या यसरी बदलिएको छ कि सहरका लगभग प्रायशः व्यक्तिहरु आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित छन् ।

यसो त व्यस्त मानिसहरु दौडिरहेका छन् तर उनीहरुलाई कसरत गर्ने समय नै छैन । यसको कारण धेरै मानिसहरु अस्वस्थ हुने गर्दछन् । समय कम भएको कारण मानिसहरु छोटो तरिका अपनाउने गर्दछन् ।

फिटनेसलाई लिएर मानिसहरुको बीचमा धेरै कुराहरु चलिआएको छ । जुन कुरा वास्तवमा गलत छ । आउनुहोस् ती कुराहरुको पर्दाफास गरौं–

के भनिन्छ भने कसरत गरेपछि मांशपेशिलाई जति धेरै दुखाउन सक्यो त्यति नै शरीरलाई फाईदा मिल्छ । यानिकी तपाईको कसरत उति नै असरदार हुन्छ । तर यो बिलकुल गलत हो । मांशपेशिमा माइक्रोट्रमाको कारण दुखेको महशुस हुने गर्दछ । यदि यो दुःखाई बढिरह्यो भने शरीरलाई नराम्रो चोट पुग्न सक्छ ।

तपाईहरुले यो पनि सुन्नु भएको हुनसक्छ कि जति कसरत गरिन्छ त्यसको असर त्यति नै लामोसमयसम्म हुन्छ । यो पनि साँचो होइन किनकि कसरतमा सबैभन्दा मुख्य भूमिका समयको हुन्छ ।

एउटा झुठ के पनि छ भने महिलाहरु धेरै वजन उठाउँछन् भने उनीहरुको शरीर पनि ठूलो देखिने गर्दछ । जबकि सत्य के हो भन धेरै तौल उठाउँदा महिलाहरुको शरीर पातलो हुने गर्दछ ।

धेरै मानिसहरु के सोच्छन् भने यदि हामी दैनिक जिम जान्छौं भने जे पनि खान हुन्छ । प्रत्येक दिन कसरत गर्नाले जे खान पनि छुट हुन्छ भन्नु सरासर गलत हो । तर पातलो हुनको लागि तपाईले ७५ प्रतिशत खानामा ध्यान दिनुपर्छ भने २५ प्रतिशत कसरतको असर हुने गर्दछ ।