कवयित्रीलाई फेसबुकमार्फत् सामूहिक बलात्कारको धम्की

काठमाण्डौ, १८ चैत्र । अकादमी पुरस्कारबाट सम्मानित बंगालकी कवयित्री मंदाक्रांता सेनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत सामूहिक बलात्कारको धम्की आएको छ ।

मंदाक्राता विशेषगरी धार्मिक कट्टरताका विरुद्ध आफ्नो कलम चलाउने गर्छिन् । उक्त धम्की आए लगत्तै उनले कोलकत्ता पुलिसको साइबर अपराध शाखामा रिपार्ट दर्ता गराएकी थिइन् । पुलिसले याे घटनाकाे चाँडाे भन्दा चाँडाे छानबिन गर्ने बताएकाे छ ।

मंदाक्रांताले भनिन्, ‘फेसबुकमा राजा दास नाम भएका व्यक्तिले धम्की दिँदै मेरो सामूहिक बलात्कार हुनुपर्छ भनेर धम्की दिएका थिए ।’