August 17, 2017

कलंकी–कोटेश्वर सडक विस्तारकाे गति सुस्त

काठमाण्डौ,१३ चैत्र । अचाक्ली धुलो भयो। घरबाट बाहिर निस्कनै सकस भयो। अहिले उपत्यकावासी हरेकले यसै भन्छन्। धुलो पनि किन नहोस कामको गति कछुवाको जस्तै छ ।

अव्यवस्थित पनि उत्तिकै। उपत्यकाको केन्द्रमा थालिएको १० किलोमिटर लामो सडक विस्तार कार्य ४ वर्षमा आधा मात्र भएको छ । सडक भत्काउने काम चलिरहन्छ, तर बनाउने टुंगो हुँदैन। समस्या यहीँनेर देखिएको छ। कलंकी(कोटेश्वर सडकखण्डको अवस्था हो यो। यो सडकको दूरी १० दशमलव ३९ किलोमिटर छ । चार लेनको यो सडक आठ लेन बनाउन २०१२ डिसेम्बर १८ मा सम्झौता भएको हो। सम्झौताअनुसार सडक विस्तार र निर्माण २०१६ मे १५ मा सक्नुपर्ने हो, तर अहिलेसम्म ५० प्रतिशतमात्र काम सकिएको छ ।

मूल सडक दायाँ(बायाँ भत्काएर छाडिएको छ । सडकमा निर्माण सामग्री पनि अव्यवस्थित?पमा राखिएको छ। खाल्डाखुल्डी उत्तिकै छन्। अव्यवस्थित ढंगले दुर्गन्ध त्यस्तै छ। धुलोको त कुरै नगरौँ। सवारी गुड्दा धुलोले सडकै ढाकिन्छ। सडक आसपासका घरको रंग नै फेरिएको छ । सडकमा १० मिनेटमात्रै उभिने हो भने मान्छेको समेत रंग बदलिन्छ । सडक विस्तारको जिम्मा पाएको चक्रपथ सुधार योजनाले भूकम्प र भारतीय नाकाबन्दीका कारण विस्तारमा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको जनाएको छ ।

काम थालेको ४ वर्ष भएको छ । चक्रपथ सुधार योजना प्रमुख ज्ञानेन्द्र झाले भने भूकम्प, नाकाबन्दी जस्ता कारणले निर्माण ढिला हुन पुग्यो, अहिलेसम्म करिब(करिब ५० प्रतिशत काममात्र सम्पन्न भएको छ । यो खबर आजको नागरिक दैनिक मा छ ।