कर्मचारी आन्दोलनमा कार्यालयको काम ठप्प

अमर काफ्ले
इनरुवा, २८ माघ । सेवा सुविधाको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि जिल्ला विकास समिति सुनसरीको कामकाज पूर्ण रुपमा ठप्प भएको छ ।
स्थानीय निकायको पूर्नसंरचनाको क्रममा बन्ने स्थानीय तहमा सेवा सुविधा सहितको सुनिश्चितता हुनु पर्ने भन्दै कर्मचारीहरु धर्नामा बसेपछि कार्यालयको काम प्रभावित बनेको हो ।
कर्मचारीहरु तीन दिन देखि समय बढाउँदै धर्नामा बस्दै आएका छन । कर्मचारीहरु आन्दोलनमा उत्रिदा सुनसरीका गाविस, नगरपालिका तथा जिविसमा पुग्ने सेवाग्राही मर्कामा परेकाछन् ।