कर्मचारीले मेहनत नगरे कम्पनी डुब्छः हुआवेईका सिईओ

काठमाण्डौं, १८ फाल्गुन । अहिलेको युगलाई विज्ञानको युग भनिन्छ । त्यसैगरी प्रविधिका क्षेत्रमा पनि धेरै बढोत्तरी भएको छ । विशेषगरी आम मानिसको ध्यान विधुतीय उपकरणले खिँचेको छ ।

अहिले थुप्रै कम्पनीका मोवाइलहरु बजारमा छन् । ती मध्ये कति नाफामा कति औसतमा र कति घाटामा व्यापार गरिरहेका छन् । पछिल्लो समयमा आएर हुआवेई मोवाइल कम्पनी पनि संकटमा देखिएको छ ।

चीनी इलेक्ट्रोनिक्स निर्माता कम्पनी हुआवेईका सीईओ रेन जेगफी ले भनेका छन्, ‘हामी सबै कर्मचारीहरु मिलेर मेहनत गरेनौं भने हामी बर्बाद हुन्छौं ।’ कम्पनीले यो पनि भनेको छ कि कोही ३० व्यक्ति कामै नगरी बसेकै भरमा तलब लिन चाहन्छन्, के यो सम्भव छ ?

कम्पनीले काम नगर्ने कर्मचारीलाई भुक्तान नदिने बताएका छ । यो समाचार आएसँगै हुआवेईले कसरी यो समस्याको व्यवस्थापन गर्ला त्यो त आउने समयले नै बताउनेछ । रोयटर्स