August 22, 2017

कर्फ्यूका बीच मोर्चाको प्रदर्शन जारी,प्रहरी पोष्टमा आगजनी

दिनेश शर्मा
राजविराज, २४ फाल्गनु । आन्दोलन उग्र भएको भन्दै सप्तरीमा स्थानिय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।
कर्फ्यूकाबीच पनि मोर्चाका कार्यकर्ताले नारा जुलुस र प्रदर्शन जारी राखेका छन ।
मोर्चाका कार्यकर्ताले राजविराजस्थित गजेन्द्र चोकमा रहेको राष्ट्रिय वाणिज्य बैकको कार्यालयमा पेट्रोल बम प्रहार गरेका छन् । आन्दोलनकारीले हालसम्म राष्ट्रिय वाणिज्य बैक, स्थानीय शान्ति समिति, जिल्ला वन कार्यालय, राजविराज नगरपालिकाको कार्यालय, तथा राष्ट्रिय मानव अधिकार आयोगको वा७च ७४७३ नम्वरको जिपमा ढुङ्गामुढा तथा आगजनी गरेका छन ।
सोमवारको झइपमा कानुन ब्यवसायी दिगम्वर यादव घाईते भएपछि त्यसको विरोधमा सप्तरीका कानुन ब्यवसायीले पनि प्रदर्शन गरिरहेका छन् ।

सशस्त्र प्रहरीको चेकपोष्ट जलाईयो
मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा रहेको सशस्त्र प्रहरीको पोष्टमा आगजनी ग रेका छन ।
सुरक्षा अधिकारी निलम्बन गर्न माग
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको मंगलवार विहान वसेको वैठकले सप्तरीका सिडिओ र जिल्लाका सुरक्षा अधिकारीलाई निलम्बन गरी कार्वाही गर्न सरकारसंग माग गरेको छ । घटनाको उच्च स्तरीय गर्न न्यायिक छानबिन समिति गठन गर्न पनि माग गरिएको छ ।
बैठकले सोमवार प्रहरीसँगको झडपको क्रममा मृत्यु भएका तीनै जनालाई शहिद घोषणा गरि मृतक परिवारका राहत तथा एक जना सदस्यलाई सरकारी रोजगारी दिनुपर्ने माग समेत गरेको छ ।