कर्ण शाक्यद्वारा सकारात्मक कोष स्थापना

काठमाण्डौ, २३ चैत्र । संरक्षणविद् तथा लेखक कर्ण शाक्यले आफ्ना पुस्तकहरुबाट आर्जित रकममध्ये ५० लाख रुपैयाँ राशीका कर्ण सकारात्मक कोष स्थापना गरेका छन् ।

समाजमा सकारात्मक सोचको अभियान सञ्चालन गर्ने उदेश्यका साथ स्थापना भएको कोषको उद्यमशील पाँच युवाहरुले बुधबार काठमाण्डौमा शुभारम्भ गरेका हुन् । कोष स्थापनाका अवसरमा कोषका आजीवन संरक्षक शाक्यले कोष स्थापनाको महत्वमाथि प्रकाश पार्दै विभिन्न सामाजिक क्षेत्रमा कोषको विशेष भूमिका हुने बताए ।

कोषले सकारात्मक सोच अभिवृद्धिका लागि अहिलेसम्म देशका विभिन्न स्थानका साथै युरोप तथा विभिन्न खाडी मूलुकमा सोच समूह स्थापना गरिसकेको छ ।