October 17, 2017

करेन्ट लागेर सप्तरीमा एकको मृत्य

दिनेश शर्मा/राजविराज,७ वैशाख । सप्तरीको बनौली,३ बस्ने ६५ बर्षिय सुजिलाल साहको बुधबार करेन्ट लागेर ज्यान गएको छ ।
घरमा कपडा सुकाउने क्रममा रहेका साहलाई बिजुलीको तारबाट अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ ।