October 24, 2017

करेन्ट लागेर युवतीको मृत्य

दिनेश शर्मा/ राजविराज, ३० चैत्र । सप्तरीको रायपुर गाविसमा मंगलवार राती करेण्ट लागेर एक युवतीको मृत्यु भएको छ ।
रायपुर ३ की २२ बर्षिया शशिकलादेवी मण्डलको करेण्ट लागेर मृत्य भएको हो ।

घरमा रंग लगाउने क्रममा नाङ्गो तारबाट करेण्ट लागेर सिकिस्त भएकि मण्डललाई उपचारका लागि राजविराज स्थितसगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।