August 18, 2017

कमल थापा उपप्रधान एवं स्थानीयविकास मन्त्री हुदै , साँझ साढे ६ बजे सपथ ग्रहण

काठमाण्डौ, २६ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गर्दै छन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

थापाको आजै साँझ साढे ६ बजे सपथ ग्रहण राखिएको छ । अहिले स्थानीय विकासमन्त्री हितराज पाण्डे लाई माओवादीले फिर्ता बोलाउने सम्भावना रहेको छ । यद्यपि प्रधानमन्त्रीसँग अझै पशुपँक्षी विकास र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी नै छन् ।