कमल थापाले भने – ‘निर्वाचन आयोगका कारण स्थानिय चुनाव बिग्रिन सक्छ’

काठमाण्डौ ५ चैत्र । राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आयोगकै कारण स्थानीय चुनावको वातावरण बिग्रन सक्ने चेतावनी दिएको छ ।

राप्रपाको चुनाव चिन्ह गाई सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा उपप्रधान एवं स्थानीयविकासमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाले निर्वाचन आयोगको निर्णय संविधान विपरित भएको समेत बताए ।

संविधान विपरित भएको भन्दै राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्रसम्वन्धी व्यवस्था हटाएपछि अध्यक्ष थापा आयोग प्रति आक्रोशित भएका हुन । उनले आयोगले आफ्नो निर्णय नसच्याए उपप्रधानमन्त्री पदबाट राजीनामा दिएर सडकमा जाने बताए । 

कुनै पनि पार्टीका लागि उसको विचार र सिद्धान्त प्राणः भएको भन्दै अध्यक्ष थापाले यसलाई हटाउने निर्वाचन आयोगको निर्णय स्वीकार्य नहुने बताए । यो विषय राप्रपाको मात्र नभएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरे ।