October 22, 2017

कपूरको व्यवहारिक प्रयोग

काठमाण्डौ, २३ चैत्र । बिहानको आरतीले घरमा सकारात्मक ऊर्जा प्रदान गरेर घरमा शान्ति बनाइ राख्न मद्दत गर्दछ । विशेषगरी आरतीसँगै बालिने कपूरको बासनाले नकारात्मक ऊर्जा नष्ट हुने गर्दछ ।

यस विषयमा धेरै अनुसन्धानहरु पनि भएका छन् । रातमा नराम्रा सपना देखिदैंन । वैज्ञानिकहरुको अनुसन्धानले के भन्छ भने, कपूरको बासनाले घरको वातावरणमा रहेका जीवाणु, बिरामी फैलाउने विषाणु जीव आदिलाई नष्ट गरिदिन्छ । यसले गर्दा घरमा बिरामीको डर पनि कम हुन्छ ।

रातमा निद्राको लागि–

यदि कसैलाई रातमा सुत्दाखेरि समस्या हुन्छ अथवा रातमा निद्रा लाग्दैन भने त्यस्ता व्यक्तिका लागि कपूर निकै फाईदाजनक हुन्छ । यसको लागि रातमा सुत्नुभन्दा अघि कपूरलाई जलाउनुहोस् र रातमा आरामसँग निदाउनुहोस् ।

कमर र हाड दुःख्छ भने–

कमर दुःख्ने वा हड्डी दुःख्ने समस्या छ भने कपूरको तेलले शरीरको मालिस गर्न सकिन्छ । शरीरको कुनै पनि अङ्गमा भएको दुखाईलाई अन्त्य गरिदिन्छ । कपूरले अन्य क्रिमले दुखाई कम गर्न नसेकेको अवस्थामा पनि काम गर्दछ ।

लामो र बाक्लो कपालको लागि–

तेलमा कपूर तताएर कपालमा लगाउन सकिन्छ । यसले कपाल झर्ने र रुख्खा हुने समस्या हुँदैन । कपूरको तेल कपालमा लगाउँदा कपाल झर्ने समस्या हराउनुको साथै कपाल लामो र बाक्लो पनि हुन्छ । नियमित रुपमा कपूरको तेलले कपाललाई मालिस गर्दा कपाल बलियो पनि हुने गर्दछ ।

अनुहारमा चमक ल्याउन–

मुहारको लागि पनि कपूर अचुक सावित हुन्छ । यदि तपाई अनुहारमा सुख्खापन देखिएको छ भने कपूरको तेलको प्रयोगद्वारा अनुहारमा पुनः चमक ल्याउन सकिन्छ । यसको अलावा कपूरले अनुहारमा आउने पोतो, डन्डिफोरलाई पनि खत्तम गरिदिन्छ ।