October 19, 2017

कपिलवस्तुमा आगलागी, ५० घरगोठ जलेर नष्ट

खग प्रसाद चापागाई / कपिलवस्तु, १३ वैशाख । कपिलवस्तुको विजयनगर गाउँपालिका ४ महिलावारमा आगलागी हुँदा ५० घर गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट गुल्लु कहारको घरमा पहुना बस्न आएकी कोटवाकी करिब ६० बर्षीय वृद्ध बन्शी प्रजापती घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको शिवराज अस्पाताल बहादुगन्जमा उपचार भइरहेको छ ।

महिलवारका दादु कहारको घरबाट खाना पकाउने क्रममा आगलागी सुरु भएको थियो । आगलागीबाट ४ बाख्रा, २ गाई मरेको स्थानीय गौतम यादवले जानकारी दिए ।

कृष्णनगर नगरपालिकामा रहेको दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।