October 18, 2017

कपिलले मलाई केही पनि भनेका छैनन्, म अझै शो मा  छुः किकु

काठमाण्डौ, ११ चैत्र । पछिल्लो समय कपिलले आफ्नो शो का साथीहरुमाथि कुटपिट र गालीगलौज गरेको आरोप खेपिरहेका छन् ।

अहिले उनकै शो का एक कमेडियन पात्र किकु शर्दाले भने, ‘मलाई कपिलले केही पनि भनेका छैनन्, म अझै उनीसँगै छु र शो पनि सँगै गर्नेछौं ।’

किकु शर्दाले ‘कमेडी नाइट्स विथ कपिल’ मा बम्परको भूमिका निर्वाह गर्ने गरेका छन् । पछिल्लो समय यो शो भारतकै श्रेष्ठ र सर्वाधिक लोकप्रिय शो मा पर्दछ ।

विदेशमा कार्यक्रम गरेर फर्कने क्रममा कपिलले आफ्ना साथीहरुलाई नशाको सुरमा कुटपिट र जथाभाबी गाली गरेको खबरले बलिउड मिडिया तातिएको थियो ।

यो कुरालाई प्रस्ट पार्दै किकुले भने, ‘यो कुरालाई लिएर मिडियामा बढाइचढाई गरेर लेखिएको हो, जब कि यतिसम्म भएकै थिएन ।’

आखिर उनले किन यसो भने, सायद उनले कपिपलको बचाउ गर्न खोजेको हुन सक्छ ।