October 20, 2017

कपिललाई लाग्यो ठूलो झट्का, सुनिलसँगको झगडा भयो महङ्गो

काठमाण्डौ, १३ चैत्र । प्रसिद्ध भारतीय कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल’ का कलाकारबीच मनमुटावले गर्दा उक्त शो को अस्तित्व नै धरापमा परेको छ ।

उक्त शो बाट अलग्गिएका सुनिल ग्रोवर अर्थात् ‘डा. गुँलाटी’ ले आफ्नो नयाँ शो को उद्घोष पनि गरिसकेका छन् । उनले आफ्नो शो को पोस्टरलाई सामाजिक सञ्जालमा शेयर गरिसकेका छन् ।

अर्काे कुरा के छ भने सुनिलले कपिल शर्माका समर्थक कीकू शारदालाई पनि आफ्नो शो मा लिएका छन् । उक्त पोस्टरमा सुनील डा. मशहूर गुलाटी को रोल र कीकू बम्पर नर्सको रोलमा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको पोस्टको अनुसार, सुनिलको नयाँ शो को नाम ‘डा. मशहूर गुलाटी कमेडी क्लिनिक’ रहेको छ ।

सुनिलले १ अप्रिल २०१७ मा उक्त शो नयाँ दिल्लीको तालकटोरा स्टेडियममा भव्यताका साथ सुरु  हुने पनि बताएका छन् ।