August 17, 2017

कपनमा ग्यास सिलिण्डर पड्केर आगलागी, एक घाईते

काठमाण्डौ, २४ चैत्र । कपन मिलनचोक स्थित एक होटलमा ग्यास सिलिण्डर पड्किदा आगलागी भएको छ ।

बिहीबार दिउसो करिब उक्त होटलमा रहको ग्यास सिलिण्डरमा ग्यास लिक भई आगो सल्किएको थियो । आगो सल्किएपछि त्यहाँ रहेको अर्को सिलिण्डर समेत पड्केको प्रत्यक्षदर्शीले बताएका छन् । सिलिण्डर पड्कदा एक व्यक्ति घाईते भएका छन् ।

आगलागीका कारण उक्त पसल पूर्णरुपमा क्षती भएको छ भने आसपासका घरका सिसा फुटेका छन् । आगलागी भएको आधा घण्टापछि दमकल, प्रहरी र स्थानीय बसिको सहयोगबाट आगलागी नियन्त्रणमा लिईएको थियो ।

आगलागीबाट भएको क्षतीको पूर्ण विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।