May 25, 2017

कन्डमको यी रोचक तथ्यबारे तपाईलाई थाहा छैन होला ?

काठमाण्डौ, २ चैत्र । परिवार नियोजनको लागि प्रयोग गरिने साधनको रुपमा कन्डमलाई बढि सुरक्षित र सहज मानिन्छ ।

तर यही कन्डमको बारेमा यस्ता रोचक तथ्यहरु छन्, जुन तपाईले यसअघि नसुनेको पनि हुनसक्छ ।

१. कन्डमको प्रयोग केवल यो आधुनिक युगमा मात्र भएको होइन । यसको इतिहास निकै पुरानो छ । फ्रान्सको एक गुफामा कन्डमको आकारको वस्तु पाइएको छ । मानिन्छ कि त्यो १५ हजार वर्षभन्दा पुरानो छ । स्वीडेनमा सबैभन्दा पुरानो कन्डम पाइएको छ ।

२. पहिले कन्डम खरिद गर्न सबैले सक्दैनथे । १६ औं शताब्दिमा साइफलिस रोग रोक्नको लागि कन्डमको आविष्कार गरिएको थियो । त्यसबेला फ्रान्सका धेरै मान्छे गुप्त रोग साइफलिसबाट मरेका थिए ।

३. यसलाई रोक्न लिनन शीथ्सलाई एक केमिकल मिलाएर सुकाइयो । त्यसलाई पुरुषको लिङ्गमा लगाउन लगाइयो र रिबनले बाँध्न लगाइयो । यसबाट के थाहा भयो भने यस्तो सुरक्षा अपनाएर सम्भोग गर्दा साइफलिस फैलिएन ।

४. कन्डम बनाउने वस्तु हमेशा बदलिरहन्छ । पहिले यो लेटेक्सबाट बनाइन्थ्यो । फेरी पछिपछि जनावरको छाला र अहिले लिनन, स्लिक र लेदरबाट बनाइन्छ ।