October 17, 2017

कतै तपाईको शरीरमा विष त जम्मा भइरहेको छैन ? विष जम्मा भइरहेको छ भने यस्ता हुन्छन संकेतहरु

काठमाण्डौं, १९ फाल्गुन । अस्वस्थ जीवनशैली र खानापानका कारण हाम्रो शरीरमा विषाक्त चिजहरु जम्मा हुने गर्दछ । जसका कारण हामी बिरामी हुने गर्दछौं ।

एम.पी. मेडिकल साइन्स युनिभर्सिटी का भाइस चान्सलर डा. आ. एस. शर्मा बताउँछन्, ‘शरीरमा जहर बढ्दै गएको केही लक्षणहरु देखिन्छ र त्यसलाई पहिचान गर्न सके बिरामी हुनबाट जोगिन सकिन्छ ।’

हाम्रो शरीरमा विषाक्त चिज छन् कि छैनन्, यी संकेतबाट थाहा पाउन सकिन्छ –

१. लगातार थकान

पुरै समय सुत्दा पनि दिनभरि नै थाकेको महसुस हुन्छ भने शरीरमा विषाक्त चिजको मात्रा बढेको हुनसक्छ ।

२. तौल बढ्नु

सन्तुलित खाना र कसरत गर्दा पनि शरीरको तौल बढ्छ भने शरीरमा विषको मात्राले त्यस्तो हुन सक्छ ।

३. सास गन्हाउनु

नियमित दाँत माझ्दा पनि तपाईको सास गन्हाउँछ भने तपाईको लिभरमा विष जम्मा भएको छ ।

४. कब्जियतको समस्या

शरीरमा विष जम्मा हुनासाथ सिधा असर पेटमा पर्ने गर्दछन् । जसले गर्दा कब्जियत र ग्यास्टिक जस्तो समस्या देखिन्छ ।

 

५. पसिना गन्हाउनु

शरीरमा भएको विषको कारण पसिना गन्हाउन थाल्छ । जसको कारण पूरा शरीर नै गन्हाउन थाल्छ ।

६. छालाको समस्या

शरीरमा विष जम्मा भएपछि छालामा विभिन्न समस्या देखिन थाल्छ । छाला चिलाउने, दाग देखिने जस्ता समस्या उत्पन्न हुन्छ ।

यसबाट कसरी बच्ने ?

१. हरियो धनियाँको रस सेवन

हरियो धनियाँमा फाइबर्सका साथै क्लोरोफिल, बीटा केरोटिन हुन्छ । जसले शरीरलाई भित्रबाट नै सफा राख्न मद्दत गर्दछ ।

२. नियमित कसरत

कसरत गर्दा शरीरबाट पसिना निक्लिन्छ । पसिनासँगै शरीरमा रहेका हानीकारक पदार्थ पनि बाहिर निस्कन्छ र हामीले खाएको सहजै पच्छ ।

३. कागती पानीको सेवन

दैनिक कागती पानीको सेवनले शरीरलाई भित्रबाट नै सफा गरिदिन्छ । कागतीमा भएको साइटिक« एसिडले शरीरमा मोटोपना पनि रहन दिँदैन ।

४. हरियो सागपात खाने

सागपातले हाम्रो शरीरमा धेरै फाईदा पुर्‍याउने गर्दछ । यसमा हुने फाइबर्सले शरीर सफा राखिराख्न सहयोग पुर्‍याउँदछ ।

५.जीरा पानीको प्रयोग

जीराको प्रयोग हाम्रो भान्छामा विशेषगरी तरकारीमा प्रयोग हुने गर्दछ । तर यो यतिमा मात्र सीमित छैन । जीरा राखेर उमालेको पानीले पाचन क्रियालाई सहयोग पुर्‍याएर शरीरमा थुप्रिएको विषलाई बाहिर निकाल्दछ ।

६. दहीको प्रयोग

दहीमा प्राकृतिक प्रोबायोटिक्स हुन्छ । जसले पाचन शक्तिलाई मजबुत राख्दै ब्याक्टेरिया रोग प्रतिरोधक क्षमता बढाउँछ ।