कतै तपाईको गलत प्रेमीसँग त सम्बन्ध छैन ? यसरी थाहा पाउनुहोस्

काठमाण्डौ, ६ चैत्र । कुनै एउटा पुरुषसँग ३–४ पटकसम्म डेटिङ जाँदा पनि तपाई सहज र सन्तुष्ट हुनुहुन्न भने आफ्नो सम्बन्धलाई लिएर सोच्ने बेला आएको हुनसक्छ ।

तपाईको पार्टनर तपाईका लागि ठीक छ कि छैन यी लक्षणबाट थाहा पाउनुहोस्

 

यदि तपाईको कुरा कहिल्यै सुनेन भने

सन्तुलित सम्बन्ध त्यो हो जहाँ दुबैजनाले आफ्ना भनाई र विचार राख्न पाउनुपर्छ । त्यस्तै दुबैजनाले एक–अर्कालाई सम्मान पनि गर्न सक्नुपर्छ । यदि एउटा केटाले केटीको भनाईप्रति ध्यान नदिई उसको कुरालाई वास्ता गर्दैन भने त्यो तपाईको सम्बन्धमा रातो बत्ती बल्नु हो ।

तपाईले सधै बहाना गरिराख्न पर्‍यो भने

तपाईले हरेक कुराका लागि उसलाई बहाना बनाइराख्न पर्‍यो भने त्यो पनि सम्बन्धमा आएको खतराको संकेत हो । यदि तपाईले कसैलाई माया गर्नुहुन्छ भने उसले पनि तपाईलाई उसको जीवनमा तपाई कति महत्वपूर्ण हुनुहुन्छ भनेर माया गर्नुपर्छ । तपाईले आफ्ना कुरा राख्न अरु कसैको सहयोग लिन पर्‍यो भने तपाई गलत व्यक्तिको सम्बन्धमा हुनुहुन्छ ।

तपाईलाई चाहिएको बेला ऊ नजिक भएन भने

तपाई रुँदा कसैको काँधको सहारा लिन खोज्नु हुन्छ तर ऊ त्यहाँ हुँदैन । उसले तपाईलाई अति व्यस्त देखाउँछ वा भ्याइन भन्यो भने त्यो सम्बन्ध राम्ररी अघि बढ्न सक्दैन । यसका अलावा प्रेमपूर्ण अवस्थामा तपाईसँग इच्छा देखाएन भने तपाई सर्तक हुनुपर्छ ।

उसले तपाईप्रति अनावश्यक शंका गछ भने

यदि तपाईको फोन व्यस्त भयो र डेटिङमा ढिला हुनु भयो भने उसले तपाईलाई अनावश्यक आरोप लगाएर धोका दिने प्रयत्न गर्नसक्छ । यदि तपाईको प्रेमीले सानो कुरामा पनि अनावश्यक शंका गर्छ भने तपाईले उसलाई कसरी विश्वास गर्न सक्नुहुन्छ ?