काठमाण्डौका भरतले बर्दियाको विद्यालयलाई प्रदान गरे ४ लाख मूल्यका पाठ्य सामाग्री

भावुक योगी
बर्दिया,२१ फाल्गुन । सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यम संचालन र ईन्टरनेटका माध्ययमबाट विद्यार्थीलाई ई–कक्षा संचालन गर्न भन्दै काठमाण्डौँ एक व्यक्तिले बर्दियाको बबई नगरपालिका ६ बर्गदामा रहेको बबई शिशु आधारभुत विद्यालयलाई झण्डै साढे ४ लाख बराबरको पाठ्यपुस्तक, खेलकुद सामाग्री र ल्यापटप प्रदान गरेका छन ।

ग्रामिण क्षेत्र बबई नदी किनारको विद्यालयमा पनि अंग्रेजी माध्यम संचालन गर्न र ईन्टरनेटका माध्ययमबाट विद्यार्थीलाई ई–कक्षा संचालन गर्र्नुपर्ने भन्दै काठमाडौँका समाजसेवी भरत अधिकारीले कक्षा नर्सरी देखि एकसम्म अंग्रेजी माध्यमका पाठ्यपुस्तक, खेलकुद सामाग्री, चार वटा ल्यापटप, प्रोजेक्टर लगायतका समाग्री सनिवार एक कार्यक्रमका बिच विद्यालयलाई प्रदान गरेका हुन ।

गाँउको बिद्यालयमा पनि आधुनिक शैक्षिक कृयाकलापका लागि अंग्रेजी माध्यमका पाठ्यपुस्तक र ल्यापटप लगायतका सामाग्री सहयोग गर्नु निकै खुसिको कुरा हो, विद्यालय परिवार सहित गाँउ समुदाय खुसि छन, अब आगामी वर्ष देखि सोही अनुसार कक्षा संचालन हुन्छ विद्यालय प्रधानाध्यपक नारायण अधिकारीले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतराम थारु, जिल्ला शिक्षा कार्यालय अन्र्तगत बगनाहा श्रोत केन्द्रका श्रोत ब्यक्ती नन्दराम अधिकारी लगायतको उपस्थितीमा सामाग्री हस्तान्तरण गरिएको हो । आईसीटी कार्यक्रम अन्र्तगत जिल्ला शिक्षा कार्यालय बर्दियाले यसअघि विद्यालयमा ८ वटा कम्प्यूटर प्रदान गरेको छ ।