October 22, 2017

कञ्चनपुर घटनाको विरोधमा विद्यार्थीद्वारा प्रदर्शन

काठमाण्डौ, २७ फाल्गुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर कञ्चनपुरको पुनर्वास–८ का गोविन्द गौतमको मृत्यु भएपछि भारतीय दूतावास लैनचौर अगाडी घटनाको विरोधमा प्रदर्शन गरेका युवा विद्यार्थीलाई प्रहरीले लाठी चार्ज गरेको छ ।

घटनाको विरोधमा नारावाजी गरिरहेका विद्यार्थीहरुलाई प्रहरीले लाठी चार्ज गरेर तितरवितर बनाएको छ । एमाले निकट अखिलले घटनाको विरोधमा दूतावास अगाडी प्रदर्शनको आयोजना गरेको थियो ।

बिहीबार पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय प्रहरीको गोली लागेर ३० वर्षीय गोविन्द गौतमको निधन भएको थियो । भारतीय सुरक्षाकर्मीले नेपाली भूमीमा पसेर नेपालीमाथि गोली चलाएका थिए ।