August 16, 2017

कञ्चनपुरको विष्णु मन्दिरमा मेला, दर्शनार्थिको घुईचो

सुरेश भट्ट

कञ्चनपुर, २३ चैत्र । भिमदत्त नगर–३ तिलकपुरको उत्तरी चुरेक्षेत्रमा अवस्थित विष्णु मन्दिरमा भव्य मेला लागेको छ । मेला लागे सँगै दर्शनार्थिहरुको घुईचो समेत भएको छ ।

राम नवमिको अवसरमा लाग्ने यो मेलामा भगवान श्री राम को पुजा अर्चना गर्ने गरिन्छ । नवमीको दिन बिहानै देखी सो मन्दिर क्षेत्रमा भक्तालुहरुले भगवान श्री रामको नाममा व्रत बस्ने र मन्दिरको परक्रमा गर्ने गर्दछन भने पुजा अर्चना गरे पश्चात मन्दिरको प्रसाद ग्रहण गरेपछि मात्र ब्रतालुहरु भोजन गर्ने गर्दछन ।

विभिन्न ठाउ बाट आउने भक्तजनहरु सुदुरपश्चिमको मौलिक संस्कृति झल्कने गरी बाजा गाजाका साथै राम नाम जप्दै मन्दिर परिक्रमा गर्ने गर्दछन ।

आजको दिन शुद्धमनले भगवान श्री रामको आरधना गरी पुजा अर्चना गर्दा मनोकाक्षा पुरा हुने धार्मिक मान्यता रहदै आएको छ ।
मेला भर्न भक्तालुहरु जिल्ला भरी बाट आउने गर्दछन ।