October 23, 2017

कक्षा ११ को परिक्षा असारमा हुने

काठमाण्डौ,२० फाल्गुन । राष्ट्रिय परिक्षा बोर्डले स्थानीय चुनावका कारण बैशाखमा हुने भनिएको कक्षा ११ को परिक्षा तालिका असारमा सारेको छ ।

सरकारले बैशाख ३१ गते स्थानीय तहको निवार्चन हुने घोषणा गरेकाले परिक्षा पछाडि सारेको हो । परिक्षा बोर्ड सञ्चालन समितिको शुक्रबार बसेको बैठकले कक्षा ११ को परिक्षा असार १ गते बाट हुने निर्णय गरेको छ ।

यसअघि भने परिक्षा बोर्डले बैशाख २४ बाट जेठ ३ गतेसम्म परिक्षा हुने जनाएको थियो । बोर्डका कार्यकारी निर्देशकले कक्षा १२ को परिक्षा भने यथावत नै रहने बताएका छन् ।