कक्षा दशकाे एसइई परीक्षा चैत्र ३ गते हुने

काठमाण्डौ, ३०, फाल्गुन । आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन् ।

शिक्षा मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै परीक्षा समितिले नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी तीन विद्यार्थी सामेल हुने जनाएको हो ।

विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ ।

पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षामा एक हजार ९२३ केन्द्र र केन्द्राध्यक्ष, दुई हजार ६४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४६१ निरीक्षक, ११ हजार ७१६ सहयोगी र २८ हजार ८४५ सुरक्षाकर्मी गरी जम्मा ६७ हजार ५९१ जनशक्ति परिचालन हुने जानकारी दिनुभयो ।
परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानुनबमोजिम कारवाही र परीक्षा रद्दसमेत गरिने रेग्मीले बताउनुभयो ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा चैत १४ गतेसम्म चल्नेछ ।