ओलीले भने ‘संविधान कार्यान्वयन चुनौतीपूर्ण’

काठमाण्डौ, १४ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन नै अहिलेको मुख्य चुनौती भएको बताएका छन  ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेकाले खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको भन्दै उनले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले सरकारमा भएका दलहरु निर्वाचनप्रति गम्भीर नभएको आरोप समेत लगाए ।

ओलीले भने ‘संविधान संशोधन प्रस्ताव मुलुकको हितमा छैन, त्यसकारण  एमालेले असफल बनाएरै छाडछ ।’

अध्यक्ष ओलीले आगामी बिद्यार्थी निर्वाचनमा अखिलले बिजयी प्राप्त गर्ने दाबी गरे ।