October 23, 2017

ओलीले भने – ‘निर्वाचन भाँड्न सिंहदरबारमा दिनदिनै बैठक हुन्छन’

 

काठमाण्डौ,२० चैत्र । एमाले अध्यक्ष केपी र्शमा ओलाीले स्थानीय तहको निर्वाचनलाई भाँडन संविधान संशोधनबारे फेरि अर्को बखेडा सुरु भएको बताएका छन ।

संविधान संशोधन गर्न फेरि नयाँ बुँदा थपिए त्यो एमालेलाई अमान्य हुने उनले बताए । मधेसी मोर्चासँग सीमांकनलाई थाती राखेर चुनावमा जाने सहमति हुन लागेको भनिएको सन्दर्भमा अध्यक्ष ओलीको कडा टिप्पणि आएको हो ।

शनिबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने ‘निर्वाचनलाइ भाँडन अर्को चलखेल सुरु भएको छ । उनले सिंहदरबारमा दिनैपिच्छे मधेसी मोर्चासँग वार्ता हुने गरेको भए पनि त्यो देश बनाउन नभई देश भाँड्नको लागि भएको आरोप लगाएका छन । यो खबर आजको सौर्य दैनिकमा छ ।