June 27, 2017

ओप्पो स्मार्टफोनले भारतीय क्रिकेट टिमलाई ५ वर्ष प्रायोजन गर्ने

काठमाण्डौ, २४ फाल्गुन । भारतको क्रिकेट बोर्ड बिसिसिआईले ओप्पो स्मार्टफोनले भारतीय क्रिकेट टिमलाई ५ वर्ष प्रायोजन गर्ने बताएकाे छ ।

ओप्पो चाइनिज स्मार्टफोन हो । स्टार इन्डियाको प्रायोजनबाट खेलिरहेको क्रिकेट टिमले सन् २०१७ अप्रिलबाट ओप्पो स्मार्टफोनको जर्सी लगाएर खेल्ने छ ।

स्टार इन्डियाले आफ्नो प्रायोजन गर्ने सम्झौता नलम्ब्याउने भएपछि ओप्पोले ५ वर्षका लागि प्रायोजन गर्न लागेको हो ।